Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको निर्णय स्वागत योग्य : राजेन्द्र लिङदेन

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार सामाजिक सञ्जालमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन्, 'स्थानीय तहको आवधिक निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ।

स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077