Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दामा फरार अम्बिका सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल काठमाडौंस्थित टोखा बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी रहेकी छन् ।

सीआईबीका अनुसार बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, धनेश्वर, काठमाडौंमा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएकी थिइन् ।

बुढाथोकीलाई उच्च अदालत पाटनबाट आइतबार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

बुढाथोकीलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077