Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैंकिङ कसुर मुद्दामा फरार अम्बिका सीआईबीको फन्दामा

    बैंकिङ कसुर मुद्दामा फरार अम्बिका सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल काठमाडौंस्थित टोखा बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी रहेकी छन् ।



    सीआईबीका अनुसार बुढाथोकीले सिद्धार्थ बैंक लिमिटेड, धनेश्वर, काठमाडौंमा रहेको आफ्नै नामको खाताबाट पर्याप्त रकम नभएको जान्दाजान्दै पनि रकम भुक्तान गर्नका लागि पीडितलाई चेक दिएकी थिइन् ।



    बुढाथोकीलाई उच्च अदालत पाटनबाट आइतबार बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा १७ लाख ४२ हजार ८७७ रुपैयाँ जरिवाना र ६ दिन कैद हुने ठहर गरेको थियो ।

    बुढाथोकीलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको सीआईबीको भनाइ छ । उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार