Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेकपा एसद्वारा चुनावको मिति घोषणाको स्वागत, नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आह्वान

    नेकपा एसद्वारा चुनावको मिति घोषणाको स्वागत, नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारले वैशाख ३० लाई घोषणा गरेको स्थानीय तह निर्वाचनको स्वागत गरेको छ ।

    पार्टीको केन्द्रीय सचिवालयको १३ औं बैठकले वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा स्वागत गरेको हो ।



    गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि समाजवादीले औंल्याएको छ ।



    यस सन्दर्भमा गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन समाजवादीले आह्वान पनि गरेको महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै पार्टीका सबै नेता/कार्यकर्तालाई आफ्ना सम्पूर्ण कामको केन्द्रविन्दु निर्वाचनलाई बनाउन पनि आह्वान गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार