Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दक्षिण कोरियामा एकैदिन थपिए अहिलेसम्मकै धेरै सङ्क्रमित

    दक्षिण कोरियामा एकैदिन थपिए अहिलेसम्मकै धेरै सङ्क्रमित

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 933
    SHARES

    फाइल फोटो

    एजेन्सी । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो ।

    सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । देशभरी कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्युनिकरण विभागले जनाएको छ । यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।



    अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।



    नयाँ सङ्क्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् । कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए ।

    पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार