Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस पदाधिकारीको बैठक सकियो, भोलिको बैठकमा भातृ संस्था र स्थानीय चुनावबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ । आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक बिहीवारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल गरेर सकिएको हो ।

आजको बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको हो ।

यसैगरी, अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ संस्थालाई पूर्णता दिने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा राखेको प्रवक्ता महतले बताए । आजको बैठकमा उठेका विषयलाई सम्बोधन गर्नेगरी कार्य सम्पादन समितिले निर्णय गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077