Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोरोनाका कारण बन्द पशुपतिनाथ मन्दिर शुक्रवारदेखि खुला हुने

काठमाडौं । भक्तजनहरूका लागि पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण बन्द भएको मन्दिर आगामी शुक्रवारदेखि सर्वसाधारणका लागि खुला हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशपछि बन्द रहेको मन्दिर शुक्रवारदेखि खुल्ने पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ ।

सोही आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077