Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाका कारण बन्द पशुपतिनाथ मन्दिर शुक्रवारदेखि खुला हुने

    कोरोनाका कारण बन्द पशुपतिनाथ मन्दिर शुक्रवारदेखि खुला हुने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भक्तजनहरूका लागि पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण बन्द भएको मन्दिर आगामी शुक्रवारदेखि सर्वसाधारणका लागि खुला हुने भएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशपछि बन्द रहेको मन्दिर शुक्रवारदेखि खुल्ने पशुपति क्षेत्र विकास कोषले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।



    मन्दिरमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने प्रशासनको आदेशमा भनिएको छ ।



    सोही आदेश अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भक्तजनहरूको दर्शनका लागि खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार