Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

    सरकारलाई ४२ करोड रोयल्टी नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । ४२ करोड रोयल्टी सरकारलाई नबुझाएपछि याक एण्ड यति होटलको इजाजत रद्द गरिएको छ ।

    बुधबार मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटल दरबारमार्गको ५ तारे स्तर वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्द गरिएको हो ।



    पटकपटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएपछि सरकारले याक एण्ड यति होटलको इजाजजपत्र रद्द गरिेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ । इजाजत रद्द भएसँगै उक्त होटलको बैंक खाता समेत रोक्का भएको छ ।



    सरकारलाई तिर्नुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम होटलले दाखिला नगरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका निर्देशक मोहन बहादुर जि.सिले जानकारी दिए ।

    साथै होटल तथा क्यासिनो सञ्चालन नगर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार