Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आलेको अर्को ‘एक्सन’ : ३८ करोड नतिर्ने ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल पनि बन्द

    पर्यटनमन्त्री आलेको अर्को ‘एक्सन’ : ३८ करोड नतिर्ने ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल पनि बन्द

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने फेरि दुई होटललाई बन्द गर्ने निर्णय गरेको छ । क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएको संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले फेरि दुईवटा होटल बन्द गराउने निर्णय गरेको हो ।

    मन्त्रीस्तरीय निर्णयबाट नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बाफतको करोडौँ रुपैयाँ नबुझाउने ह्याप्पी आवर प्राली काठमाडौं र नेपालगञ्ज १० मा रहेको ड्रिमल्याण्ड होटल प्राली बन्द गराउन पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।



    ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गरेवाफत आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक बर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालु आवको रोयल्टी गरी ३८ करोड १० लाख ४५ हजार ६६४ रुपैयाँ नबुझाएपछि होटल बन्द हुनुका साथै मिनी क्यासिनोको लाइसेन्स पनि रद्द गरिएको हो ।



    ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ । लुम्बिनी सरकार प्रदेशलाई पत्र लेख्दै उक्त होटल मन्त्रालय वा निकाय अन्तर्गत दर्ता भएको भए दर्ता खारेज गर्न भनिएको छ । ह्याप्पी आवरले महेन्द्रनगर, भैरहवा र काकडभिट्टामा पनि क्यासिनो सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार