Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महान्यायाधिवक्ताको संरक्षणमा रहेका ३८ करोड ठगीका नाइके मन्त्री आलेको कारवाहीमा !

    महान्यायाधिवक्ताको संरक्षणमा रहेका ३८ करोड ठगीका नाइके मन्त्री आलेको कारवाहीमा !

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । राज्यलाई ३८ करोड रुपैया भन्दा बढी रकम रोयल्टी नतिरी ठगी गर्दै आएको ह्याप्पी आवर प्राली काठमाडौंलाई महान्यायाधिवक्ता खम्मबहादुर खातीले जोगाउन खोजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘एक्सन’ लिएको छ ।

    पर्यटन मन्त्रालय स्रोतका अनुसार महान्यायाधिवक्ता खातीकै निर्देशनमा सरकारी वकिल कार्यालयले यो मुद्दाको फाइल महिनौँदेखि रोक्दै आएको छ।



    क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले महान्यायाधिवक्ता खातीसँग सेटिङ गरी राज्यलाई ३८ करोड रुपैया भन्दा बढी रकम ठगी गर्दै आएको स्रोत वताउँछ।



    सोही कारण मन्त्रालयले बुधबार मात्र तीन वर्षमा राज्यलाई तिर्नुपर्ने ३८ करोड १० लाख ४५ हजार ६३८ रुपैयाँ रोयल्टी तथा इजाजत नविकरण शुल्क नबुझाएकाले ह्याप्पी आवर प्रालीको लाइसेन्स रद्द गरेको बुझिएको छ ।

    महान्यायाधिवक्ता खातीको संरक्षणमा रहेका  ह्याप्पी आवर प्राली काठमाडौं’ र नेपालगञ्जको होटल ड्रिमल्याडले नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बापतको करोडौँ रुपैयाँ नबुझाएका कारण मन्त्रालयले बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

    यसअघि मन्त्री आलेकै निर्देशनमा  काठमाडौंको केन्द्रमा रहेको पाँचतारे होटल याक एण्ड यतिको पाँचतार वर्गीकरण र क्यासिनोको इजाजत रद्द गरेको गरिएको थियो ।

    होटलले ४२ करोड रोयल्टी नबुझाएकाका कारण मन्त्री आलेले सो होटलको पाँचतारे वर्गिकरण र क्यासिनोको इजाजका कारण पत्र रद गरिदिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार