Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अख्तियारद्वारा वडाध्यक्षविरुद्ध ३५ लाखको भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका-५का वडा अध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले विहीबार वडाध्यक्ष यादवविरुद्ध ३५ लाख २१ हजार २०४ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा यादवले उक्त रकम गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

आयोगका अनुसार पिपरा गाउँपालिका -५ मा पर्ने सुब्बा पोखरीको ठेक्कावापतको पैतीस लाख एक्काइस हजार दुई सय चार रुपैयाँ असी पैसा रकम यादवले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिमाथि हानिनोक्सानी पुर्याउने गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ।

यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सजायको माग दाबी गरिएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077