Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाटै पास गर्नुपर्ने बताएको छ।

बिहीबार अपरान्ह पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमसीसी सम्झौता नेपालकै हितमा रहेको निष्कर्षसहित पास गर्नुपर्ने बताएको हो ।

'बैठकमा एमसीसीका विषयमा छलफल भयो । एमसीसी पारित गर्नुपर्छ भन्ने सबैको धारणा छ,' बैठकमा सहभागी एक नेताले अनलाइन नेपाललाई भने, 'गठबन्धन रहे पनि नरहेपनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको छ।'

[insert page='114448' display='yopanipadhnuhos.php']

ती नेताका अनुसार बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे बिरोध भइरहेको भन्दै यसबारे पूर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य रामशरण महतलाई एमसीसीको विषयमा बोल्न समय दिएका थिए ।

महतको व्याख्यापछि देउवाले एमसीसीका विषयमा राम्रा-नराम्रा विवरण आफूलाई दिन महतलाई आग्रह गरेका छन् । एमसीसी अमेरिकाले अनुदानमा दिन लागेको सहयोग रकम भन्दै देउवाले नेपालको हितमा रहेको बताएका थिए ।

[insert page='114489' display='yopanipadhnuhos.php']

पछिल्लो समय निकै पेचिलो बन्दै गएको एमसीसीबारे गठबन्धनका नेताहरुमा मतभेद पैदा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसीको विपक्षमा छन् भने प्रधानमन्त्री देउवा सुरुदेखि नै एमसीसी पास गर्ने अडानमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077