Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेताहरुले बोल्ने क्रम नसकिएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने भएको छ ।

बिहीबार दिउँसो सुरु भएको बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठक बस्ने भएको हो ।

बिहीबारको बैठकमा नेताहरु डा. शशांक कोइराला, डा. रामशरण महत, सुनीलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन र रोकिएका १६ जिल्लाको अधिवेशनको विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077