Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पशुपतिनाथ मन्दिरमा आजदेखि दर्शनार्थीलाई प्रवेश गर्न दिइने

काठमाडौं । पशुपतिनाथ मन्दिर आजबाट दर्शनार्थीका लागि खुला गरिएको छ । कोरोनाको तेस्रो लहरसँगै बन्द भएको मन्दर आजदेखि खुला भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको हो ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर प्रवेश गर्न दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि माघ ५ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077