Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पशुपतिनाथ मन्दिरमा आजदेखि दर्शनार्थीलाई प्रवेश गर्न दिइने

    पशुपतिनाथ मन्दिरमा आजदेखि दर्शनार्थीलाई प्रवेश गर्न दिइने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पशुपतिनाथ मन्दिर आजबाट दर्शनार्थीका लागि खुला गरिएको छ । कोरोनाको तेस्रो लहरसँगै बन्द भएको मन्दर आजदेखि खुला भएको हो ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले मन्दिर खुला गरिएको हो ।



    विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार मन्दिर प्रवेश गर्न दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।



    कोरोना संक्रमण बढेपछि माघ ५ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार