Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्नू : केपी ओली

    मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्नू : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्।

    शुक्रबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी समेत गरे ।



    ओलीले पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको बताए । स्थानीय तहमा मात्रै नभइ आगामी प्रदेश र संघीय निर्वाचनमा समेत बहुमत प्राप्त गर्ने ओलीको भनाइ छ।



    स्थानीय सरकारमा एमालेले बहुमत ल्याएकाले सत्ता गठबन्धनलाई स्थानीय तह बिझाएको ओलीको आरोप छ । उनले भने, ‘पहिले ४१ दशमलव २८ प्रतिशत ल्याउँदा त यस्तो छ। अब बहुमत जित्छौं। के गर्लान् विचराहरु? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ।’

    सरकारले स्थानीय तहको निर्वाचन ३० बैशाखमा गर्ने घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार