Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिंहदरबारमा गृहमन्त्री खाँण र सीके राउतका प्रतिनिधिहरुबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ।

जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार राउत नेतृत्वको प्रतिनिधिहरुले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँणसँग भेटवार्ता गरेको हो।

भेटमा उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको महासचिव सिंहको भनाइ छ।

गृहमन्त्री खाँणसँगको भेटमा महासचिव सिंहसहित जनमतका उपाध्यक्ष नरेन्द्र चौधरीको उपस्थिति रहेको थियो । पछिल्लो समय राउत नेतृत्वको टोलीले किसान आन्दोलनको मुद्धाहरुलाई लिएर तराई मधेसमा दिनहुँ प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077