Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन १ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन १ गते पनि बस्ने भएको छ ।

समितिको पहिलो बैठकको दोस्रो दिन पनि नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो ।

प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

१४ औं महाधिवेशनपछि गठित समितिको आज बसेको बैठकमा नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका थिए ।

बिहीबारदेखि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077