Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लागूऔषधसहित तीनजना युवक पक्राउ

    लागूऔषधसहित तीनजना युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २९ माघ २०७८
  • 1.6K
    SHARES

    कैलाली । कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ३ सहिद गेटबाट तीनजना युवक ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ परेका हुन् ।

    बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन् ।



    उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार