Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दार्चुला काँग्रेसले भन्यो-'सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरे कारबाही हुन्छ'

दार्चुला । नेपाली काँग्रेस दार्चुलाले पार्टीमा छलफल र परामर्शविना आफूखुसी उम्मेदवारी घोषणा नगर्न सूचित गरेको छ ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल, चिया पसल र चोकहरुमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली काँग्रेसले विज्ञप्ति नै जारी गरी सचेत गराएको हो ।

सभापति ललित सिंह बोहराद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुनेछ ।

तथापि आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली काँग्रेसको वडा कार्यसमिति, गाउँ, नगर समिति, क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिसँग सरसल्लाह नगरी सामाजिक सञ्जाल वा होटल, चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गर्ने र टिप्पणी गर्दा र गराउँदा हाम्रो पार्टीका निष्ठावान कार्यकर्ताहरूको मनोबलमा कमी आउन गई संगठन कमजोर हुने सम्भावना रहन्छ ।’

यसरी पार्टी हित विपरीतका क्रियाकलापहरू जो कोहीले पनि गरेको पाइएमा पार्टीको विधान अनुसार कारबाही हुने जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077