Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आजबाट पुन: भौतिक रुपमा सुरु

    प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन आजबाट पुन: भौतिक रुपमा सुरु

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग, न्यायालय शुद्धीकरण र सुदृढीकरणको लागि नेपाल बार एसोसिएसनले आजदेखि फेरि भौतिक रुपमा प्रदर्शन गर्ने भएको छ ।

    आजबाट सर्वोच्च अदालत परिसरमा बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलनको कार्यक्रम शुरू हुने नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।



    यसअघि बारले कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रमहरू गर्दै आइरहेको थियो । बार विगत १०५ दिनदेखि आन्दोलनमा छ ।



    पौडेलले हिजो एक विज्ञप्ति जारी गर्दै आजबाट भौतिक रुपमा शुरू हुने आन्दोलनमा काठमाडौं उपत्यकामा रहेका कानून व्यवसायीहरूलाई सहभागिताको लागि अनुरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार