Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भेरी अस्पतालमा कोरोना संक्रमित २३ वर्षीय युवाको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बाँकेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–२ निवासी २३ वर्षीय युवकको आज बिहान भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएका उनलाई गत माघ २७ गते पिसिआर गर्दा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५१ पुगेको छ । शनिबार मात्रै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ८४ वर्षीय पुरुष र भेरीगङ्गा नगरपालिका–३ सुर्खेत निवासी ९० वर्षीय पुरुष थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077