Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

लागूऔषधसहित एक युवा पक्राउ

सप्तरी। प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ झुटकीबाट शिव शंकर यादवलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

यादवलाई लागूऔषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

उनको साथबाट फेनारगन ९७ पिस, फाजेपाम ९९ पिस, लीजेसिक ९९ पिस बरामद गरेको प्रहरी निरीक्षक साहले बताए ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077