Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महेश बस्नेतले भने- एमसीसी चोर बाटोबाट पास गराउन प्रधानन्यायाधीशमाथि महाअभियोग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद एवं युवा नेता महेश बस्नेतले एमसीसी चोर बाटोबाट पास गराउन प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको बताएका छन्।

नेता बस्नेतले सोमबार सामाजिक संजालमार्फत् 'प्रधानन्यायाधीश माथिको महाअभियोगको षडयन्त्र'बारे विभिन्न सात बुंदा अघि सारेका छन्। जसमा जनयुद्ध दिवसकै दिन न्यायलय र जनताबिरुद्ध युद्धको घोषणादेखि सभामुख अग्निप्रसाद सापकोटामाथिको हत्या अभियोग रहेका छन्।

यस्तै, बस्नेतले एमालेको मानो खाएर एमाले सक्ने कसम खाएका १४ जना सांसदहरुको पद जोगाउन, जन बिरोधी र एमाले बिरोधी असैद्धान्तिक गठबन्धन कायम राख्नकै निम्ति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाइएको बताए।

स्थानीय चुनावको परिणामबाट डराएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डको डिजाइन अनुसार निर्वाचनको मिति सार्न पनि महाअभियोग लगाइएको बस्नेतको भनाइ छ।

तर, अदालत र न्यायलयको सेटिङ कायम गर्ने र जन बिरोधी षडयन्त्र कायम राख्ने षडयन्त्र पुरा हुन नदिने बस्नेतले उलेख गरेका छन्। आइतबार प्रधानन्यायाधीश राणामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए। महाअभियोगको प्रस्ताव दर्तासंग्रै  राणा निलम्बनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077