Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशको पक्षमा उभियो एमाले, चार न्यायाधीशविरुद्ध महाअभियोग नल्याइने

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई लिएर द्वन्द्व बढाउने पक्षमा नरहेको बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा महाअभियोगको प्रस्तावकोबारे एमाले थप द्वन्द्व बढाउने पक्षमा नरहेको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए।

दलको बैठकमा सहभागी हुन पुगेका नेता तामाङले भने, 'सांसदहरूको हस्ताक्षर संकलन गरेको भए पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने होइन, महाअभियोगको प्रस्ताव ल्याउँदैनौँ । '

आइतबार सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का) सांसदले प्रधानन्यायाधीश चोलेन्द्र जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेको छन् । यसपछि उत्पन्न राजनीतिक अवस्थाकोबारेमा छलफल गर्न अहिले एमाले संसदीय दलको बैठक बसिरहेको छ ।

तर, नेता तामाङको उक्त अभिव्यक्तिपछि प्रधानन्यायाधीश जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्ताव फिर्ता हुने देखिएको छ।

जारी बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्याधीश राणामाथिको महाभियोग चुनाव नगराउने षडयन्त्र भएको टिप्पणी गरेका छन्।अध्यक्ष ओलीले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचन नगराउने यस अघिका प्रयासहरु विफल भएपछि अर्को अस्त्र प्रहार गरिएको टिप्पणी गरे ।

सरकारले राम्रै नियतले अदालतको बेथिति अन्त्यका लागि महाभियोग ल्याएको भए प्रतिपक्षी दलहरुसँग छलफल गर्ने ओलीको भनाइ थियो। एमाले संसदीय दलको बैठकमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077