Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो ।

बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने, संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिका र पछिल्ला राजनितीक घटनाक्रममका विषयमा छलफल हुने बताइएको छ ।

हिजो मात्रै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ ।

भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077