Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    कांग्रेस संसदीय दलको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 915
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने भएको हो ।

    बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने, संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिका र पछिल्ला राजनितीक घटनाक्रममका विषयमा छलफल हुने बताइएको छ ।



    हिजो मात्रै सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ ।



    भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार