Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वैशाख पहिलो साताभित्रै उम्मेदवारी दर्ता, कार्ययोजना तयार पार्दै आयोग

काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउन आयोगले कार्ययोजना तयार गरेको छ ।

निर्वाचनका लागि आवश्यक ५३ वटा क्रियाकलाप अघि बढाउन कार्ययोजना तयार गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा जानकारी दिए ।

आयोगले निर्वाचन कार्यक्रम बनाउनेदेखि दल दर्ता र मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेसम्मको कार्ययोजना बनाएको प्रवक्ता शर्माले बताए ।

निर्वाचनको तयारीको लागि आयोगले गर्नुपर्ने क्रियाकलापमा अन्तिम मतदाता नामावली तयारी गर्ने, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्ने रहेका छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077