Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश सरकार स्थापना दिवस मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ । आफ्नो स्थापना दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभाका सभामुख पूर्ण घर्ती, प्रदेशका मन्त्रीहरूलगायत व्यक्तिको सहभागिता रहनेछ । उनीहरू दाङ पुगिसकेका छन् ।

कार्यक्रममा मन्त्रालयहरूको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077