Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेयर युरोप भ्रमणमा, नगरपालिकाको कार्यालयमा तालाबन्दी !

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । आइतबार स्थानीयले कार्यालयबाट प्रदान गरिने सेवा सविधा पालिकाले करिब पाँच महिनासम्म अवरोध गरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

कात्तिक महिनादेखि हालसम्म कार्यालयबाट नागरिकलाई दिइने सेवा प्रदान नगरेको र जसका कारण नागरिकलाई पर्न गएको समस्यालाई करिब ४/५ महिनासम्म पनि कुनै वास्ता नभएपछि स्थानीयले बाध्य भएर तालाबन्दी गर्नुपरेको टिका थापाले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतविहीन पालिका बनेको करिब तीन महिना पुगेको छ, आर्थिक कारोबार ठप्प छ, जसले गर्दा नागरिकलाई खेप्नुपरेको समस्याको कुनै पनि वास्ता नगरेपछि सबै स्थानीय मिलेर कार्यालयमा ताला लगाएको स्थानीय सुशीला मिजारले बताएकी छन् ।

कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र व्यवस्थापन गरी आर्थिक कारोबार तुरुन्त सुचारु गर्नुपर्ने मागसहित कार्यालयमा ताला लगाएको उनले बताइन् । प्रशासकीय अधिकृत नहुँदा समाजिक सुरक्षा भत्ता समेत नगरिकले पाउन सकेका छैनन् ।

कार्यकारी ल्याउने भनेर मेयर दीपक कुमार शाही गएका हुन् । तर उनी कार्यकारी नल्याएरै युरोप घुम्न गएपछि समस्या भएको बताइएको छ । राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077