Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० को नयाँ वरीयता : नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

१२औँ स्थानमा रहेको नेपाल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077