Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एमसीसीविरुद्ध प्रदर्शन: १३५ जना पक्राउ, नौं प्रहरी घाइते

    एमसीसीविरुद्ध प्रदर्शन: १३५ जना पक्राउ, नौं प्रहरी घाइते

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडाैं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्न लागेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका १३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरुलाई संसद भवन परिसर नयाँ बानेश्वर, माइतीघर र उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हाे । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको एसएसपी गिरीले जानकारी दिए ।



    यस्तै, प्रदर्शनका क्रममा झडप हुँदा एक प्रदर्शनकारी र ९ जना प्रहरीसमेत घाइते भएका छन् ।



    एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका थिए ।

    प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरुले प्रहरी  ढुंगा प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। जसमा असुल ग्यास र पानीको फोहोरा समेत हानिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार