Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एमसीसीबाट आउने पैसाले देशको विकास र रोजगार बढाउँछ: प्रधानमन्त्री देउवा

    एमसीसीबाट आउने पैसाले देशको विकास र रोजगार बढाउँछ: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानको रकमले देश विकास र रोजगार बढाउन मद्धत पुग्ने बताएका छन् ।

    बिहीबार वीरगञ्जमा कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरे ।



    ‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’



    संसदबाट अनुमोदन भइसकेको एमसीसीमा अझैं मतभेद जारी रहेको छ । एमसीसीकै कारण कतिपय दलका नेताभित्र आन्तरिक विवाद समेत रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार