Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ज्यान मुद्दाका फरार सुन बहादुर ३७ बर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ३७ बर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा साबिकको ललितपुर चापागाउँ -८ सल्यानगाँऊ घर भइ हाल काठमाडौँ गोदाबरी नगरपालिका-१० बस्ने सुन बहादुर तामाङ रहेका छन्।

सीआईबीका एसपी एवं प्रवक्ता श्याम कुमार महतोका अनुसार तामाङले सोही ठाउँ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई कुटपिट गर्दा मृत्यु भएको थियो।

उक्त घटनापछि कर्तब्यज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट मिति २०४४/जेठ /०५ गते साविक मुलुकी ऐन, अदालती वन्दोवस्तको महल १९० नं. बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो। तर अदालतको फैसलापछि फरार रहेका उनी बुधबार सल्यानगाँऊबाटै पक्राउ परेका हुन्।

उनलाई फैसला कार्यन्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको एसपी महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077