Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि मूल्य बढ्ने संकेत !

काठमाडौं । भारतीय आयल कर्पोरेसनले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । भारतीय निगमले आज पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।

मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि निगमले नेपाली उपभोक्ताको लागि मूल्यवृद्धिको निर्णय भने लिइएको छैन ।

पेट्रोलियम पदार्थ आपूर्ति गर्न आवश्यक रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई थप कठिन हुने बताएको निगमले मूल्य बढाउनेतर्फ संकेत गरेको छ ।

निगमकाअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्र निगमले करिब २४ अर्ब नोक्सानी बेहोरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077