Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठक

    नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप : सुवेदी, सिंह र धानुकको सम्भावना बलियो

    नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप : सुवेदी, सिंह र धानुकको सम्भावना बलियो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेकाे हाे । हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दर्बन्दी छ। अब एआईजीको दर्बन्दी ८ पुग्ने भएको छ।

    दरबन्दी थपका लागि  गृह मन्त्रालयले दुइ साता अघि नै अर्थ मन्त्रालयसँग स्वीकृतिका लागि पत्र पठाएको थियो । अर्थ मन्त्रालयसँग मागेको सहमति स्वीकृत भएसँगै आजको मन्त्रिपरिषदले दरबन्दी थप गर्ने निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालय, नक्सालले तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।



    तीन एआईजीको दरबन्दी थपिएसँगै डिआईजीहरूबीच चर्को प्रतिष्पर्धा चलेको छ । सिनियर ब्याचबाट घनश्याम अर्याल, बसन्त पन्त, इश्वरबाबु कार्कीलगायतले चर्को लविङ गरिरहेका छन् । सिनियर ब्याचका डिआईजीहरुले आईजीपी शैलेश थापा क्षेत्रीसँगै बैशाखमा अवकाश पाउँदैछन् । त्यसकारण याे ब्याचका डिआईजीहरूलाई बढुवा गर्न नहुने दबाब पनि गृहदेखि बालुवाटारसम्म परेकाे छ ।



    त्यसैगरी नयाँ ब्याचबाट उत्तम सुवेदी, धिरजप्रताप सिंह, रबिन्द्र धानुक, बसन्त लामा,  रुण बिसी, दिवेश लोहनी पनि दौडधुपमा लागेका छन् । धिरज, उत्तम र रबिन्द्र राजनीतिक लबिङमा बलिया छन् । यो समूहबाट सिंह, सुवेदी र धानुक अगाडी देखिएका छन् ।

    कार्यक्षमतामा अगाडि रहेका सुवेदी र सिंह बढुवामा छुट्न नहुने प्रहरी अधिकारीहरु नै बताउँछन् । सुवेदी र सिंहका ब्याचीहरू विश्वराज पोखरेल र सहकुलबहादुर थापा केपी शर्मा ओली सरकारको पालामा दरबन्दी थप गरी एआईजी बनिसकेका छन् । अहिले एआईजीमा बढुवा हुनेले आगामी बैशाखमा आईजीपीका लागि थापा र पोखरेलसँगै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

    २०७३ मा एआईजीका दरबन्दी ३ वटाबाट थपेर १५ वटा बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले फेरि तीन एआईजी थपेर ८ वटा बनाएका हुन् । २०७४ मा केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाएका थिए । तर, पछि आफू अनुकुल २ वटा दरबन्दी थप गरी ओलीले नै एआइजीको दरबन्दी ५ बनाइएका थिए ।

    अब बस्ने बढुवा समितिको बैठकले डिआईजीमध्येबाट तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रीपरिषद्ले बढुवा गर्ने छ । गृह सचिवको अध्यक्षतामा बस्ने बढुवा समितिमा आईजीपी सदस्य रहने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप : सुवेदी, सिंह र धानुकको सम्भावना बलियो”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार