Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : आयोगद्वारा आजदेखि दल दर्ताका लागि आह्वान

    स्थानीय तह निर्वाचन : आयोगद्वारा आजदेखि दल दर्ताका लागि आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।

    आजदेखि यही फागुन १५ गतेसम्म आयोगले दल दर्ताको आह्वान गरेको हो । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरिएको आयोगले जनाएको छ ।



    स्थानीय तह निर्वाचन आउँदो वैशाख ३० गते हुने निर्णय भइसकेको छ । उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले दल दर्ता गराउनुपर्नेछ ।



    ती दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुपर्ने व्यवस्था छ । हाल निर्वाचन आयोगमा १०३ वटा दल दर्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार