Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महँगी थप बढ्दै जाने आकलन !

    महँगी थप बढ्दै जाने आकलन !

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् ।

    मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले महँगी बढ्दै जाने बताएका हुन् ।



    राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको सर्वसाधारणको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेमा सहभागीमध्ये ९७ दशमलव १ प्रतिशतले मूल्यवृद्धिदर बढ्ने बताएका छन् । उनीहरूले आगामी १ वर्षमा औसत मूल्यवृद्धिदर ११ दशमलव ४ प्रतिशत पुग्ने बताएका छन् ।



    यसअघि २०७७ माघमा गरिएको सर्वेक्षणमा औसत मूल्यवृद्धिदर ११ प्रतिशत र २०७८ असोजमा गरिएको सर्वेक्षणमा १० दशमलव ३ प्रतिशत हुने अपेक्षा गरेका थिए ।

    राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ सर्वसाधारणले वर्तमान अवस्थाका आधारमा भविष्य के हुन्छ भनेर गर्ने आकलनमा आधारित रही अनुसन्धान गरिएको र त्यसले मुद्रास्फीति बढ्दै जाने उनीहरूलाई लागेको बताए ।
    आर्थिक अभियान दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार