एजेन्सी । वेस्ट इन्डिजविरूद्धको पहिलो टि-२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । कोलकातामा गएराति भएको खेलमा भारतले पाहुना टोली वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि कप्तान रोहित शर्माले ४० तथा इशान किशनले ३५ रन जोडे । त्यस्तै सूर्यकुमार यादवले नटआउट ३४ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले ।
भारतका हर्सल पटेल र रवि विश्नोईले २र२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।