Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक: मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

काठमाडौं । गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

‘तीनजना सहसचिवको नाम बढुवाका लागि गएको थियो । सबैभन्दा सिनियर को छ त्यसैलाई गरौं भन्नेमा सबैको जोड रह्यो,'बैठकमा सहभागी एक मन्त्रीले अनलाइन नेपालसँग भने, 'त्यसैले निरौला नै सचिवमा बढुवा गर्ने निर्णय गरियो ।’

यसअघि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका पहिलो नम्बरमा निरौला, दोस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह र तेस्रो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।

यस्तै आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गरेको छ । हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दर्बन्दी छ । अब एआईजीको दर्बन्दी ८ पुग्ने भएको छ।

[insert page='109947' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077