Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ भट्टराई पदबाट बर्खास्त

काठमाडौं । वन निगमका प्रमुख कार्यकारी अधिकृत सीईओ रामेश्वर भट्टराई पदबाट बर्खास्त भएका छन्।

मन्त्रिपरिषदको आज बसेको बैठकले भट्टराईलाई बर्खास्त गरेको हो । उनी विरुद्ध सर्वोच्च अदालतले २ वर्ष कैद सजाय फैसला गरेको थियो ।

कैद सजाय फैसला गरेका उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले वन निगमको सीईओ नियुक्त गरेको थियो ।

जेलमा हुनुपर्ने भट्टराईलाई तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले निगमको सीईओ बनाएका थिए।

[insert page='112585' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077