Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपालले देशव्यापी जनजागरण अभियान चलाउने

काठमाडौं । राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण अभियान चलाउने भएको छ ।

भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष कमल थापाले सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले देशव्यापी जनजागरण अभियान चलाउने जानकारी दिएका हुन् ।

उनले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको बताए । देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नु परेको उनको भनाई छ ।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए ।

उनले जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077