Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • निर्वाचन आयोगमा तीन दल थपिए, राजनीतिक दलको संख्या १०६ पुग्यो

    निर्वाचन आयोगमा तीन दल थपिए, राजनीतिक दलको संख्या १०६ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको छ ।

    आयोगका अनुसार तीन दल थपिएपछि दलको संख्या एक सय ६ पुगेको हो ।



    आयोगले एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या एक सय ६ पुगेको जानकारी दिएको हो । नयाँ थपिने दलमा जनता प्रगतिशील पार्टी, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।



    सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले आजबाट दल दर्ता खुला गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार