Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ २०७८ फागुन ६ गते शुक्रवारको राशिफल

    यस्तो छ २०७८ फागुन ६ गते शुक्रवारको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७८ फागुन ६ गते शुक्रवारको राशिफल ।

    ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?



    भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?



    मेष

    आज नयाँ कमको थालनी हुनेछ । शुभ यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

    मिथुन

    आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

    सिंह

    आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य सुखले प्रसन्न पनि भइनेछ ।

    तुला

    धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

    धनु

    अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    कुम्भ

    आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    बृष

    गरेको काममा सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

    कर्कट

    मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    कन्या

    आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु नै पर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

    बृश्चिक

    शुभ कार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मकर

    आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

    मीन

    बुद्धि र विवेकको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्त सँग भेटघाट पनि रहला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार