Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज पुस २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    आज पुस २८ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबारको राशिफल ।

    मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।



    वृष : स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यो राशिलाई वृहस्पती र चन्द्रमा अनुकुल रहेकाले दिन रमाइलो हुनेछ। परिवारमा खर्च बढ्ने देखिन्छ।



    मिथुन : दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुटुम्बबाट मिल्ने सहयोगले आर्थिक लाभ हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

    कर्कट : समय सामान्य छ। बन्धुसँगको भेटले मन खुशी हुन्छ। स्वास्थ्य खराब हुने भएकाले खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। परिवारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध टुट्ने खतरा छ।

    सिंह : दिन सामान्य राम्रो छ। मित्रको साथ पाइने छ। परिवारको साथ नमिल्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। ठुलो विश्वास गरेका मान्छेबाट धोखा हुने सम्भावना देखिन्छ।

    कन्या : दिन रमाइलो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। साथीसँग बस्ने मौका मिल्नेछ। परिवारको साथ पाउने योग छ।

    तुला : समय राम्रो छ। शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रका लागि आज राम्रो छ। धर्ममा समय खर्च हुने भएकाले दिन लाभदायक छ। परिवारको साथ र सहयोग मिल्नेछ।

    वृश्चिक : दैनिकी सामान्य छ। बोलीको प्रभाव देखिन्छ। परोपकार गर्नु फाइदाजनक हुन्छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। पारिवारिक झमेलाले खटपटी आउने योग रहेको छ।

    धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्र राम्रो छ। धन कमाउने चाहनाले मन अशान्त हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

    मकर : समय सामान्य छ। खर्च बढ्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढी हुन्छ। बन्धुबाट सहयोग नमिल्ने देखिन्छ। परिवारसँग भने रमाइलो यात्रा हुनेछ। प्रेमी प्रेमिकाका लागि रमाइलो समय छ।

    कुम्भ : समय सामान्य छ। गोचरमा शनिदेवको छाया योग रहेको देखिन्छ। जन्म कुण्डलीमा ३, ६ र ११ मा शनिदेव भए ठुला काम सहजै बन्नेछन्। त्यो नभए जुनसुकै काम गर्दा पनि बाधा हुनेछ।

    मीन : समय राम्रो छ। आजको दिन सफल हो। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान रहे पनि परिवारको साथ पाउने योग रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार