Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टो करेन्सी र हाइपरफण्डबारे अध्ययन र अनुसन्धानका लागि दुईवटा समिति गठन

काठमाडौं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्राको कारोबार क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धानका लागि दुईवटा समिति गठन भएका छन् । अर्थ मन्त्रालयले सहसचिव भुपाल बरालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

सो समितिमा नेपाल राष्ट्र बैङ्क, कानुन, न्याय तथा संसदीय मन्त्रालय, प्रहरी प्रधान कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि रहेका छन् ।

समितिले क्रिप्टो करेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारले पार्न सक्ने प्रभाव तथा सम्भावनाबारे विस्तृत अध्ययन गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले क्रिप्टो करेन्सीलगायत अनलाइन कारोबार र यसको दुरुपयोग र ठगीबारे विस्तृत अनुसन्धान र अध्ययनका लागि आन्तरिक समिति गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङको संयोजकत्वमा सात सदस्य समिति गठन भएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077