Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी, एमालेले गर्यो बहिस्कार

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ।

संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले आज बस्ने संसदको कार्यसूची तय गर्नेछ ।

जारी कार्यव्यबस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने नगर्ने बिषयमा छलफल हुने बताइएको छ।

यसअघि संघीय संसद् सचिवालयले आजको बैठकको लागि सम्भावित कार्यसूची हिजो बिहीबार नै सार्वजनिक गरिसकेको छ ।सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची हेरफेर पनि गर्न सक्छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

जारी बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनमा आवद्ध दलका प्रतिनिधिहरु सहभागी छन् भने प्रमुख विपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077