Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापाले प्रचण्ड र माधवलाई भने- गाइजात्रे दोहोरो चरित्र बन्द गर्नुहोस्

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन्। शुक्रबार अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत् अमेरिकी सहयोग परियोजना एमसीसीबारेलक्षित गर्दै प्रचण्ड-नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका हुन्। ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ ट्वीटरमा थापाले लेखेका छन्। एमसिसीविरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत थापाको सुझाव छ। ‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्', थापाले लेखेका छन्, 'सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077