Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा प्रजातन्त्र दिवसको अवसरमा भोल्टी कल निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ ।

टेलिकमले एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने पनि भएको छ । टेलिकमले आजै एक विज्ञप्ति जारी गरी उक्त अफर भोलि एक दिनका लागि उपलब्ध हुने जनाएको छ ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।

‘साथै, सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।’–टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077